नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने शिक्षकविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ । चितवनको खैरहनी नगरपालिका–६ स्थित खैरहनी माध्यमिक विद्यालयमा द्वितीय तहका स्थायी शिक्षकका रूपमा कार्यरत गोपाल प्रसाद शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सेवा सुविधा प्राप्त गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
शर्माले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट प्राप्त भएको भनिएको प्रवीणता प्रमाणपत्र तह (आईएससी) नक्कली रहेको उजुरीका आधारमा प्रारम्भ भएको अनुसन्धानका क्रममा प्रमाणपत्र अवैध रहेको पुष्टि भएको हो। अनुसन्धानबाट पुष्टि भएअनुसार, नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति पाई लाभ र सुविधा भोग गर्दै आएका शर्मा माथि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) तथा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ का दफा १२ र २९ बमोजिम कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार शर्माले गलत प्रमाणपत्र पेश गरी ओहोदा प्राप्त गर्नुका साथै राज्यको स्रोत दुरुपयोग गरेकाले कारवाहीको मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियरमा ‘के घर के डेरा : घर नं २’ हेरेपछि सर्वसाधारणले के भने ?
-
अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिद्वारा मैत्रीपूर्ण फुटसल आयोजना
-
बजेट ल्याउने दिन परिवर्तन गर्न माग
-
गैरेले उठाए आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न
-
अमेरिका र कतारबिच १२ खर्ब डलरको सम्झौता
-
मेक्सिकोमा सडक दुर्घटना, २१ जनाको मृत्यु