इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
काठमाडौं । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग नलिने भएका छन् । वार्ता टोलीमा पुटिनलाई समावेश नगरिएको खबर छ । बीबीसीका अनुसार क्रमेमलिनले जारी गरेको नामावलीमा पुटिनको नाम संलग्न छैन । तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने पुटिनलाई भाग लिन भनेका छन् ।
क्रेमलिनका अनुसार रुसी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेन्डिस्कीले गर्ने छन् । जेलेन्स्कीले यसअघि रुसी राष्ट्रपति सहमत भए मात्रै वार्तामा भाग लिने र व्यक्तिगत रुपमा पुटिनसँग भेट्ने बताएका थिए । त्यसपछि मात्रै आमने-सामनेको बैठकको तय हुने बताएका जेलेन्स्कीले पुटिन आए मात्रै सीधा वार्तामा सहभागी हुने प्रतिक्रिया दिएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत भाग नलिने बताइन्छ । पुटिन भएका खण्डमा मात्रै आफुले भाग लिने ट्रम्पले पूर्व संकेत नै गरेका थिए । जेलेन्स्कीले भने बिहीबारै टर्कीको राजधानी अंकारामा राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग भेटवार्ता गर्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण