बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की

बिहीबार, ०१ जेठ २०८२, ०७ : ००
बिहीबार, ०१ जेठ २०८२

काठमाडौं । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग नलिने भएका छन् । वार्ता टोलीमा पुटिनलाई समावेश नगरिएको खबर छ ।  बीबीसीका अनुसार क्रमेमलिनले जारी गरेको नामावलीमा पुटिनको नाम संलग्न छैन । तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने पुटिनलाई भाग लिन भनेका छन् । 

क्रेमलिनका अनुसार रुसी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेन्डिस्कीले गर्ने छन् । जेलेन्स्कीले यसअघि रुसी राष्ट्रपति सहमत भए मात्रै वार्तामा भाग लिने र व्यक्तिगत रुपमा पुटिनसँग भेट्ने बताएका थिए । त्यसपछि मात्रै आमने-सामनेको बैठकको तय हुने बताएका  जेलेन्स्कीले पुटिन आए मात्रै सीधा वार्तामा सहभागी हुने प्रतिक्रिया दिएका छन् ।  

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत भाग नलिने बताइन्छ । पुटिन भएका खण्डमा मात्रै आफुले भाग लिने ट्रम्पले पूर्व संकेत नै गरेका थिए । जेलेन्स्कीले भने बिहीबारै टर्कीको राजधानी अंकारामा राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग भेटवार्ता गर्ने तालिका छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप