कस्तो रहला तपाईँको जेठ महिना ? हेर्नुहोस् मासिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य धन भावमा । बुध ९ गतेसम्म राशिमा, १० गतेबाट धन भावमा र २२ गतेबाट पराक्रम भावमा । शुक्र १७ गतेसम्म खर्च भावमा र १८ गतेबाट खर्च राशिमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मङ्गल सुख भावमा र सन्तान भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति फस्न सक्छ ध्यान दिनुहोला । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्निको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थाई सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाईशिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । सुख भावमा मंगलको प्रभावले आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।
तरपनि शुक्र, बुध, र बृहस्पतिको अनुकूल प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिस, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।
बृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) बृष राशि हुनेहरूका लागी सूर्य राशिमा । बुध ९ गतेसम्म खर्च भावमा, १० गतेबाट राशिमा र २२ गतेबाट धन भावमा । शुक्र १७ गतेसम्म लाभ भावमा र १८ गतेबाट राशिमा । बृहस्पति र शनि क्रमशः धन भावमा र लाभ भावमा, मङ्गल पराक्रम भावमा र सुख भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना बृष राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
लाभ भावमा शनिको गोचर र पराक्रम भावमा मंगलको गोचरले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । तरपनि राशिमा सूर्यको प्रतिकुल प्रभावले उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य खर्च भवमा । बुध ९ गतेसम्म लाभ भावमा, १० गतेबाट खर्च भावमा र २२ गतेबाट राशिमा भावमा । शुक्र १७ गतेसम्म राज्य भावमा र १८ गतेबाट लाभ । बृहस्पति र शनि क्रमशः राशिमा भावमा र राज्य भावमा, मङ्गल धन भावमा र पराक्रम भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले पितासँग केही मतभेद बढ्नेछ । बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही कामगर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ ।
तरपनि अन्य ग्रहको अनुकूल प्रभावले भाग्यले साथ दिने हुनाले ठुलाबढा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ ।
गीतकार, संगितकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउशिमा गोचर गर्ने बृहस्पतिको अनुकूल प्रभावका कारण स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लाभ भावमा शनिको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा निर्माण व्यावसायीहरुका लागी समय फलदायी रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशि हुनेहरूका लागी सूर्य लाभ भावमा । बुध ९ गतेसम्म राज्य भावमा, १० गतेबाट लाभ भावमा र २२ गतेबाट खर्च भावमा । शुक्र १७ गतेसम्म भाग्य भावमा र १८ गतेबाट राज्य भावमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा, मङ्गल राशिमा र धन भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रहगोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका समय उत्तम रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पार्ईने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध तथा राहुको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । भाग्य भावमा शनिको शुभ गोचरका कारण सवारी साधनको मर्मत तथा खरिद बिक्री गर्नेहरूका लागी समय शुभ रहनेछ । खर्च भावमा बृहस्पतिको गोचरले शुभ कार्यमा खर्च हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ ।
भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहकोछ । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थाई सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागि सूर्य राज्य भावमा । बुध ९ गतेसम्म भाग्य भावमा, १० गतेबाट राज्य भावमा र २२ गतेबाट लाभ भावमा । शुक्र १७ गतेसम्म कष्ट भावमा र १८ गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा, मङ्गल खर्च भावमा र राशिमा गोचर गरिरहेका छन् ।
सिंह राशि हुनेहरूका लागी महिनाभर नै शनिको अढैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । खर्च भावमा मङ्गलको गोचरको कारण शरीरमा घाउ, चोट लाग्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।
तरपनि सूर्य, बुध, शुक्र तथा बृहस्पतिको अनुकूलताले सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागि समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा । बुध ९ गतेसम्म कष्ट भावमा, १० गतेबाट भाग्य भावमा र २२ गतेबाट राज्य भावमा । शुक्र १७ गतेसम्म व्यापार भावमा र १८ गतेबाट कष्ट भावमा । बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा, मङ्गल लाभ भावमा र खर्च भावमा गोचर गरिरहेका छन् ।
कन्या राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भएपनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदिबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभासमारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । लाभ भावमा मङ्गलको गोचरले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा । बुध ९ गतेसम्म व्यापार भावमा, १० गतेबाट कष्ट भावमा र २२ गतेबाट भाग्य भावमा । शुक्र १७ गतेसम्म प्रतिस्पर्धा भावमा, १८ गतेबाट व्यापार भावमा । बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा, मङ्गल राज्य भावमा र लाभ भावमा गोचर गरिरहेका छन् ।
तुला राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ ।
तरपनि बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भएपनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदिबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । राज्य भाव र लाभ भावमा मङ्गलको गोचरले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा । बुध ९ गतेसम्म प्रतिस्पर्धा भावमा, १० गतेबाट व्यापार भावमा र २२ गतेबाट कष्ट भावमा । शुक्र १७ गतेसम्म सन्तान भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सन्तान भावमा, मङ्गल भाग्य भावमा र राज्य भावमा गोचर गरिरहेका छन् ।
यो महिना बुध, शुक्र, मङ्गलको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सहमति जुटाउन सकिनेछ । वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ ।
तरपनि व्यापार भावमा गोचर गर्ने सूर्यले स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । घर परिवार तथा जीवन साथीसँग राय बाजिनेछ । साझेदारी व्यापारमा बैमनस्यता पैदा हुनेछ । सन्तान भावमा शनिको गोचरको कारणले सन्तानसँग मतभेद बढ्ने योग रहेको छ । राहु र केतुको प्रभावले अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध ९ गतेसम्म विद्या भावमा, १० गतेबाट प्रतिस्पर्धा भावमा र २२ गतेबाट व्यापार भावमा । शुक्र १७ गतेसम्म सुख भावमा र १८ गतेबाट सन्तान भावमा । बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा, मङ्गल कष्ट भावमा र भाग्य भावमा गोचर गरिरहेका छन् ।
धनु राशि भएका व्याक्तिहरुका लागि यो महिना उत्तम फल प्राप्त हुनेछ रहेको छ । मुद्दा मामिला तथा न्यायबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य सन्तान भावमा । बुध ९ गतेसम्म सुख भावमा, १० गतेबाट सन्तान भावमा र २२ गतेबाट प्रतिस्पर्धा भावमा । शुक्र १७ गतेसम्म पराक्रम भावमा १८ गतेबाट सुख भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा, मङ्गल व्यापार भावमा र कष्ट भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना मकर राशि हुनेहरूका लागी मिश्रित समय रहेको छ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यापार र कष्ट भावमा मङ्गलको अशुभ गोचरको कारण सवारी साधनमा क्षति हुने तथा शत्रुको भए रहनेछ । बृहस्पतिको अशुभ गोचरले ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ ।
तरपनि महिनाभर नै बुध, शुक्रको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी समानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । पराक्रम भावमा शनिको अनुकूल प्रभावले ठेक्कापट्टा, प्राकृतिक स्रोत साधन, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।
भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सुख सन्तान भावमा । बुध ९ गतेसम्म पराक्रम भावमा, १० गतेबाट सुख भावमा र २२ गतेबाट सन्तान भावमा । शुक्र १७ गतेसम्म धन भावमा १८ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा, मङ्गल प्रतिस्पर्धा भावमा र व्यापार भावमा गोचर गरिरहेका छन् ।
सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ ।
तरपनि बुध, शुक्र, बृहस्पति र मङ्गलको अनुकूल प्रभावले निर्माण सामाग्री, अटो पार्टस् तथा कन्ट्रक्सनको क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
तरपनि शनिको अन्त्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी पराक्रम सन्तान भावमा । बुध ९ गतेसम्म धन भावमा, १० गतेबाट पराक्रम भावमा र २२ गतेबाट सुख भावमा । शुक्र १७ गतेसम्म राशिमा भावमा १८ गतेबाट धन भावमा । बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा, मङ्गल सन्तान भावमा र प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।
अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ ।
तरपनि शनिको मध्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय