उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै क्रियाशील ट्रेड युनियन आन्दोलनमा उत्रिएका छन् ।
बिहिबार लिमिटेड परिसरमा उत्रिएर उनीहरुले विरोध जनाएका हुन् । यसअघि लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरूले प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलको कार्यक्षमतामाथि प्रश्न गर्दै वैशाख ३१ गतेभित्र पदत्याग गर्न यो अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । साथै पदत्याग नगरे आन्दोलनमा उत्रिनेसमेत जनाएका छन् ।
१३ महिनाको कार्यकाल अवधि निराशाजनक रहेकोभन्दै उनीहरुले खानेपानी मन्त्री समक्ष नयाँ कार्यकारी प्रमुख माग गरेका थिए ।
२०८१ सालको बाढीले खानेपानीका क्षतिग्रस्त संरचनाहरूको मर्मतसंभार तथा पुनर्स्थापना कार्य सम्पन्न गर्न असफल हुनुका भएको तर्क समेत गरेका थिए ।
साथै ३० करोड लिटर खानेपानी वितरण हुँदा बिलिङ र नगद सङ्कलन वृद्धिको लागि ठोस कार्य योजना प्रस्तुत गर्न पनि असफल भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा ठुलो माछा, केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?