काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाका किसानहरूको एक प्रतिनिधिमण्डलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर रासायनिक मलको अभाव समाधान गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि मण्डलका रूपमा पुरुषोत्तम घिमिरे, जिएन सापकोटा, गोवर्धन थापा लगायतका कृषक तथा अभियन्ताहरूको उपस्थित भएको थियो ।
कृषिमन्त्री रामनाथ अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा किसानहरूले हाल रोपाइँको मुख्य सिजन सुरु भइसकेको समयमा काभ्रेमा मलको चरम अभावले खेती–पाती गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरेका छन् ।
प्रतिनिधिमण्डलका अनुसार काभ्रे जिल्ला काठमाडौँ उपत्यकालाई ताजा र सफा तरकारी आपूर्ति गर्ने प्रमुख स्रोत हो। यस्तो जिल्लामा समेत वर्षेनि मलको अभाव हुनु सरकारको नीतिगत कमजोरी र कृषिप्रतिको बेवास्ता हो भन्ने गुनासो किसानहरूले गरेका छन् ।
“हामी किसानहरू वर्षभर खटिन्छौँ, खेत जोत्नेदेखि फल टिपेसम्मको मेहनत मल बिना सम्भव हुँदैन। मल छैन भने बाली हुँदैन। अनि हाम्रो श्रम मात्र होइन, उपभोक्ताको थाल समेत खाली हुने खतरा हुन्छ ।”
किसानहरूको तर्फबाट बुझाइएको माग पत्रमा तीन प्रमुख बुँदाहरू राखिएका छन् —
१) काभ्रे जिल्लामा तत्काल रासायनिक मलको आपूर्ति गरियोस्,
२) मल वितरण प्रक्रिया छरितो, पारदर्शी र किसानमैत्री बनाइयोस्,
३) दीर्घकालीन रूपमा मल अभाव नहोस् भन्ने सुनिश्चितता हुने नीति कार्यान्वयन गरियोस् ।
प्रतिनिधिमण्डलका पुरुषोत्तम घिमिरेले कृषि मन्त्रीलाई यस्तो समस्या बिसौँ वर्षदेखि दोहोरिरहेकाले अब स्थायी समाधान खोज्नुपर्ने समय आएको बताएका छन्। साथै, कृषिमा आत्मनिर्भर बन्न चाहने युवा पुस्ता र विदेशबाट फर्किएका युवाहरू पनि अहिलेको अवस्थाले निरुत्साहित भएकोमा चिन्ता व्यक्त गरे ।
घिमिरेले थपे, “विकसित देशहरूमा समेत कृषकलाई पहिलो प्राथमिकता दिइन्छ, नेपालमा किन किसान उपेक्षित हुनुपर्ने?”
जिएन सापकोटाले भने,“कृषिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबै मानिस निर्भर छन्—चाहे डाक्टर होउन्, इन्जिनियर, पाइलट, व्यापारी वा उद्योगपति। खेतीपाती चल्न सकेन भने पैसा भएर मात्र खान पाइँदैन ।किसानहरूले कृषि मन्त्रालयसँग कृषि उपजको संरक्षण, किसानको सम्मान र खाद्य सुरक्षाको ग्यारेन्टी माग गरेका छन् । उनीहरूका अनुसार कृषकहरूलाई सुविधा र सम्मान बिना आत्मनिर्भर नेपालको कल्पना असम्भव छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण