कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
आइतबार, ०४ जेठ २०८२, ०९ : ४०

विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
सरकारको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धिप्रति शंका, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
-
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै
-
मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो
-
प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख