विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छः सांसद साउद
सारांश
- सांसद नारायणप्रकाश साउदले बजेट निर्माण गर्दा सीमान्तकृत वर्गसम्म विकासको प्रतिफल पुर्याउन आग्रह गरे।
- प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बजेटमा असन्तुलित विकास र प्रभावशाली व्यक्तिको चलखेलबारे प्रश्न उठाए।
- साउदले विगतका बजेटले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशको विकासलाई उपेक्षा गरेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताए ।
उनले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
सांसद साउदले विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण