संसद् बैठक
कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह
आइतबार, ०४ जेठ २०८२, १३ : १४

समाचार सारांश
- स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको आरोप लगाए।
- उनले जनजाति महिला भएकै कारण उपसभामुखलाई हटाएर कांग्रेसका सांसदलाई ल्याउन खोजिएको बताए।
- डा. सिंहले कुलमान घिसिङ, कान्छाराम तामाङ र डा. सङ्गीता कौशललाई पनि विभिन्न पदबाट हटाएको विषय उठाए।
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताए ।
उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव नबनाएको बताए । उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ : मन्त्री भण्डारी
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने