संसद् बैठक
कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह
आइतबार, ०४ जेठ २०८२, १३ : १४
सारांश
- स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको आरोप लगाए।
- उनले जनजाति महिला भएकै कारण उपसभामुखलाई हटाएर कांग्रेसका सांसदलाई ल्याउन खोजिएको बताए।
- डा. सिंहले कुलमान घिसिङ, कान्छाराम तामाङ र डा. सङ्गीता कौशललाई पनि विभिन्न पदबाट हटाएको विषय उठाए।
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताए ।
उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव नबनाएको बताए । उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण