सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
आइतबार, ०४ जेठ २०८२, २३ : ०९
किमाथाङ्का । उत्तरी क्षेत्र किमाथाङ्का नाकामा सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता भएको छ । प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबीच शनिबार भेटवार्ता भएको हो ।
त्यसअवसरमा सीमा सुरक्षा, नाका नियमित बनाउने र सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा कुराकानी भएको प्रजिअ पोखरेलले जानकारी दिए । यस्तै, नेपाल र चीन जोड्ने मितेरी पुल तथा सडक निर्माण गर्न चीन सरकार सकारात्मक रहेको र लगानीको वातावरण बनाइदिन आग्रह गरेको उनले बताए ।
प्रजिअ पोखरेल, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतसहितको टोलीले किमाथाङ्कास्थित भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, विभिन्न सीमास्तम्भको निरीक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण