सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
आइतबार, ०४ जेठ २०८२, २३ : ०९

किमाथाङ्का । उत्तरी क्षेत्र किमाथाङ्का नाकामा सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता भएको छ । प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबीच शनिबार भेटवार्ता भएको हो ।
त्यसअवसरमा सीमा सुरक्षा, नाका नियमित बनाउने र सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा कुराकानी भएको प्रजिअ पोखरेलले जानकारी दिए । यस्तै, नेपाल र चीन जोड्ने मितेरी पुल तथा सडक निर्माण गर्न चीन सरकार सकारात्मक रहेको र लगानीको वातावरण बनाइदिन आग्रह गरेको उनले बताए ।
प्रजिअ पोखरेल, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतसहितको टोलीले किमाथाङ्कास्थित भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, विभिन्न सीमास्तम्भको निरीक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण