रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ

समाचार सारांश
- रामेछापको सुनापति गाउँपालिकामा एक युवकले दम्पतीलाई कुटपिट गरी सुनका गहना लुटेका छन्।
- घटनामा संलग्न ३८ वर्षीय प्रेम बहादुर लामा पक्राउ परेका छन्, र उनको घरबाट सुनका दुईवटा औंठी बरामद गरियो।
- आरोपीले मध्यरातमा घरको बिजुली बन्द गरेर लुटपाट गरेको र घाइते बनाएर सुनका गहना लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–२ स्थित दिमीपोखरीमा दम्पतीलाई निर्घात कुटपिट गरेर एक जना युवकले सुनको गहना लुटेका छन् । वैशाख २९ मा मध्यराति पौने १२ बजेतिर सुरसुम्बा टोलमा बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उनकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई कुटपिट गरेर आरोपीले सुनका गहना लुटेका हुन् ।
लुटमा संलग्न दिमीपोखरी बस्ने ३८ वर्षीय प्रेम बहादुर लामा ‘पेम्बा’लाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । पेम्बाको घरबाट प्रहरीले लुटिएको सुनको २ थान बेरुवा रिङ बरामद गरेको छ ।
मध्यराति छिमेकीको घरमा गएर उनले बिजुलीको मेन स्विच बन्द अफ गरेर लुटपाट गरेर प्रहरीको अनुसन्धान निष्कर्ष छ । दम्पतीलाई घाइते बनाएर आरोपीले सानुकान्छी तामाङले लगाएको दुईवटा सुनको बेरुवा रिङ लुटपाट गरेर भागेका थिए । उनीविरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
जाजरकोटमा खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाडौँबाट पक्राउ
-
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो फार्मेसी
-
‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’
-
१३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि
-
राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरेपछि लस एञ्जलसमा प्रदर्शन चर्कियो, गाडीहरूमा आगजनी