बिराज र सुशीलसँग रोमान्स गर्दै दिव्या रायमाझी

समाचार सारांश
- अभिनेत्री दिव्या रायमाझी फिल्म 'राम नाम सत्य' मा अनुबन्धित भएकी छिन्।
- उनले फिल्ममा बिराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन्, माइकल चन्दको निर्देशन रहनेछ।
- फिल्म एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण हुने र साउनबाट छायांकन सुरु हुनेछ।
काठमाडौँ । गत बर्ष रिलिज फिल्म ‘एक्टरः टेक वान’बाट फिल्ममा डेब्यु गरेकी हुन्, अभिनेत्री दिव्या रायमाझी ।
त्यसपछि ‘पीताम्बर’मा देखिएकी उनी ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् । जुन फिल्ममा उनले बिराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन् ।
माइकल चन्दको निर्देशन रहने फिल्म अभिनयका लागि उनले आइतबार कागजी सम्झौता गरेकी हुन् । फिल्म साइन गरेपछि दिव्याले भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्यो । जसका कारण, फिल्ममा काम गर्न तयार भएकी हुँ ।’
फिल्ममा यसअघि नै भट्ट र श्रेष्ठ फाइनल भइसकेका हुन् । भट्ट र श्रेष्ठसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाइ छ ।
उक्त फिल्ममा केही कलाकारहरू फाइनल गरेर वर्कसप सुरु गर्ने निर्माण पक्षको भनाइ छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ भने फिल्मको छायांकन साउनबाट सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो, भरपर्दो र वातावरणमैत्री विकास निर्माण जरुरी छ : मन्त्री भण्डारी
-
पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, चार जनाको मृत्यु, २० जना घाइते
-
भारतले एसीसीको कुनै पनि प्रतियोगिता नखेल्ने, एसिया कपको भविष्य पनि अन्यौलमा
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला