विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
काठमाडौँ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि वर्तमान सरकारले केही गर्न सकेन भन्ने भ्रम फैलाइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेस र एमालेको सरकार भएकाले मुलुकमा विकास हुन नसकेको अभिव्यक्ति विपक्षी दलका नेताहरूले दिइरहेको बताए ।
‘कांग्रेस र एमालेको सरकार भएकाले मुलुकमा विकास हुन सकेन भन्ने काम भइरहेको छ । हामी सरकारमा भएको भए के के गथ्यौँ । भन्ने अभिव्यक्ति संसद्मा र सार्वजनिक कार्यक्रममा आइरहेका छन्,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘पब्लिक कन्जम्सनका लागि यस्ता कुरा विपक्षीहरूले उठाएका हुन् । उहाँहरू सरकारमा रहँदा केके भएका थिए, त्यो हामीले पनि देखेका हौँ । जनतामा कति निराशा थियो, त्यो निराशालाई चिन सरकारले काम गरिरहेको छ ।’
सांसदहरूले निर्वाचनमा जनतासँग गरेका बाचालाई पूरा गर्न आफ्नो विकास क्षेत्रमा योजना पार्न पहल गर्नु अस्वाभाविक नभएको बर्तौलाको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण