प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान आकस्मिक अवतरण
सोमबार, ०५ जेठ २०८२, १५ : १२
सारांश
- काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको विमानमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरियो।
- सोलुखुम्बुको फाप्लु क्षेत्रमा पुगेपछि समस्या देखिएको र चालकले काठमाडौँ फर्काउने निर्णय लिएका थिए।
- विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए र सबै यात्रु सुरक्षित छन्। प्राविधिक टोलीले मर्मत गरिरहेको छ।
काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक अवतरण भएको हो ।
विमानको इञ्जिनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण