पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ‘रुस-युक्रेन’ युद्धविराम वार्ता तुरुन्त शुरु गर्ने बताएका छन् ।
ट्रम्पसँगको कुराकानीपछि रुसी नेताले समेत युक्रेन सम्झौतामाथि चर्चा गर्न आफुहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतिले पुटिनसँग आफ्नो सम्बन्धबारे लामो कुरा गरेको र यसबीच रुस–युक्रेन युद्धविरामबारे विशेष कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उता, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीले ट्रम्पसँग युक्रेनबारे ‘हामीबिना कुनै निर्णय नलिनू, कारण कीव अन्तर्राष्ट्रिय नेताहरुसँग उच्चस्तरीय बैठकबारे विचार गरिरहेको छ’ भनेका छन् ।
लडाईंबारे कुनै पनि प्रकारको वार्ता हुनु पहिले समेत छुट्टै कुराकानी हुने कुरा जेलेन्स्कीले उल्लेख गरेको आफ्नो युक्रेन संवाददाता जेम्स वाटरहाउसको हवाला दिँदै बीबीसीले जनाएको छ ।
रुसी समाचार एजेन्सी तासको रिपोर्ट अनुसार क्रेमलिनका विदेश नीति सल्लाहकार यूरी उशाकोभले युक्रेन युद्धविरामका लागि वार्ता शुरु गर्ने बताए पनि समय सीमाबारे भने कुनै कुरा नभएको उल्लेख गरेका छन् ।
तासले रुसी राष्ट्रपति पुटिनले कीवलाई कुराकानीको तहमा ल्याउन ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरेको र दुबै पक्ष आफ्नो कुराकानी जारी राख्ने मनस्थिति बनाएको समेत उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण