आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु

झापा । झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा रु १० लाख ८० हजार बराबरको क्षति भएको हो ।
विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
यसैबीच झापाको भद्रपुर नगरपालिका–१० निवासी निगे राईको लडेर मृत्यु भएको छ । भद्रपुर–९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
सडकबाट १० फिट अग्लो कल्भर्टबाट लड्दा उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । बिहान ८ बजे घरबाट हिँडेका उनी के कारणले कल्भर्टबाट लडेका हुन् कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण