गोकर्णेश्वर घटना : ‘फुच्चेहरू’ भनेको निहुँमा विवाद हुँदा युवकको हत्या
सारांश
- काठमाडौंको गोकर्णेश्वरमा सामान्य विवादमा दुई समूहबीचको झगडामा एक युवकको हत्या भएको छ।
- भट्टी पसलमा चुरोटको विषयलाई लिएर भएको विवादमा ३७ वर्षीय बलिन्द्र प्रकाश राईको कुटपिटपछि अस्पतालमा मृत्यु भयो।
- प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ र सीसीटीभी फुटेजको आधारमा थप प्रमाण जुटाउँदैछ।
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा सामान्य विवादमा दुई समूहबिच झगडा हुँदा युवकको हत्या भयो । वैशाख ३० गते राति ९ बजेतिर पाँच जना मिलेर सुन्दरीजल घर भएका ३७ वर्षीय बलिन्द्र प्रकाश राईलाई कुटपिट गरे । उपचारको क्रममा राईको सिनमंगल स्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।
गोकर्णेश्वर नगरपालिका–२ स्थित भट्टि पसलमा बलिन्द्र प्रकाश आफ्ना साथीहरूसँग लोकल मदिरा पिउँदै थिए । राति ९ बज्दै थियो । भट्टीमा ५ जना युवाहरू प्रवेश गरेर चुरोट माग्छन् । अनि, सँगैको टेबलमा बस्छन् । आफ्ना साथीहरूसँग बसिरहेका राईले भन्छन्, ‘फुच्चेहरू किन बसेको ?’
त्यही विषयमा दुई समूहकोबिचमा विवाद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘कसलाई फुच्चे भनेको भन्दै अर्को समूहले निहुँ खोज्दा सामान्य विवाद हत्यामा गएर अन्त्य भएको हाम्रो अनुसन्धान निष्कर्ष छ ।’
‘हामीलाई फुच्चे भन्ने ?’ भन्दै आरोपीहरूले आक्रमण सुरु गरे । राईको समूहले प्रतिवाद गरे तर, उनीहरू कमजोर भए । सिसिटिभी फुटेजमा कुनै वस्तुले मृतकलाई हिर्काएको देखिएको प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमालले रातोपाटीलाई बताए । उनले भने, ‘हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
झगडा सुरु भएपछि मृतक राईले पनि बोत्तल उठाएको सिसिटिभी फुटेजमा देखिन्छ । अर्को समूहले प्रहार गर्दा ३७ वर्षीय बलिन्द्र प्रकाश राई गम्भीर घाइते भए । उनको टाउकोमा चोट लागेको थियो ।
विपक्षी भागेपछि प्रहरीले उनलाई सुरुमा नेपाल मेडिकल कलेज र अपरेसन गर्नुपर्ने अवस्था आएपछि काठमाडौँ मेडिकल कलेजमा लगेका हुन् । हत्यामा संलग्न ५ जना विरुद्ध बौद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–४ घर भएर गोकर्णेश्वर बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाहीको बागमति गाउँपालिका घर भएर गोकर्णेश्वर बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिषेक वाईवा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेको चौरिदेउराली घर भएका २८ वर्षीय अनुराग तामाङ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
-
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण