गोकर्णेश्वर हत्या प्रकरण : ५ जना अभियुक्त पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ स्थित नयाँपाटीस्थित किराना पसलमा बसेका एक व्यक्तिको ज्यान लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वैशाख ३० गते राति करिब ९ बजे गोकर्णेश्वरमा ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा फरार रहेका पाँच जनालाई विभिन्न मितिमा पक्राउ गरिएको हो। पक्राउ परेका सबै अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।
यी हुन् पक्राउ परेका अभियुक्तहरू
१) प्रविण तामाङ – २९ वर्ष, रामेछाप सुनापती गाउँपालिका–४ स्थायी घर, हाल गोकर्णेश्वर–१, काठमाडौं
२) समिर वाईवा तामाङ – २३ वर्ष, सर्लाही बागमती गाउँपालिका–३ स्थायी घर, हाल गोकर्णेश्वर–२
३) अभिषेक वाईवा तामाङ – २६ वर्ष, स्थायी तथा हालको ठेगाना खुलाइएको छैन
४) दिपेन्द्र भुजेल – २९ वर्ष, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ स्थायी घर
५) अनुराग तामाङ – २८ वर्ष, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–७ स्थायी घर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण