गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस, अरू को-को ?
सारांश
- अर्थमन्त्रीको अध्यक्षतामा गठित समितिले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
- सिफारिस हुनेमा डा. विश्वनाथ पौडेल, निलम ढुंगाना र दिनेश भट्टराई रहेका छन्, जसमध्ये एक जना डेपुटी गभर्नर हुनुपर्ने व्यवस्था छ।
- मन्त्रिपरिषद्को बैठक आजै बस्ने र गभर्नर नियुक्तिको सम्भावना रहेको बताइएको छ, जसमा प्रा.डा. विश्व पौडेलको नाममा सहमति जुटेको बुझिएको छ।
काठमाडाैँ । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बनेको गभर्नर छनोट सिफारिस समितिको बैठकले डा. विश्वनाथ पौडेल सहित तीनजनाको नाम सिफारिस गरेको हो ।
यसरी सिफारिस हुनेमा पहिलो नम्बरमा प्रा.डा विश्वनाथ पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नरका लागि डेपुटी गभर्नर मध्येबाट कम्तीमा एक जनासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनको दफा १५ (२) ले गरेको छ ।
आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । आजकै बैठकबाट गभर्नरको नियुक्ति हुनसक्ने बताइएको छ । गभर्नरका लागि प्रा.डा. विश्व पौडेलका नाममा सत्तारुढ दलका शीर्ष नेताबीच सहमति भइसकेको बताइएको छ । अब बन्ने गभर्नर राष्ट्र बैंकको १८ औं गभर्नर हुन् ।
सिफारिस समितिमा हाल पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट डा. पोषराज पाण्डे नियुक्त भएका छन् ।
बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिव दिनेश घिमिरेले सदस्य सचिवको भूमिका निर्वाह गरेका छन् । चैत ११ गते पहिलोपटक गठन भएको सिफारिस समिति दुई पटकको पुनर्गठनपछि बैठक बस्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण