जेठ २५ गतेसम्म नागढुंगा–नौबिसे सडक दिउँसोमा बन्द हुने, विकल्पमा यी सडक प्रयोग गर्न सकिने
बुधबार, ०७ जेठ २०८२, १३ : १७
सारांश
- नागढुंगा-नौबिसे सडकखण्डमा जेठ १० देखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा सडक बन्द हुने भएको छ।
- सडक सुधारका लागि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिनेछ, नागढुंगा मुग्लिङ सडक योजनाले जनाएको छ।
- काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिनेछन्।
काठमाडौँ । नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले बुधवार सूचनामार्फत जानकारी दिएको छ ।
नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने भएको योजनाको भनाइ छ । साथै काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।
यसैगरी बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ । यसअघि यो खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण