जेठ २५ गतेसम्म नागढुंगा–नौबिसे सडक दिउँसोमा बन्द हुने, विकल्पमा यी सडक प्रयोग गर्न सकिने
बुधबार, ०७ जेठ २०८२, १३ : १७

समाचार सारांश
- नागढुंगा-नौबिसे सडकखण्डमा जेठ १० देखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा सडक बन्द हुने भएको छ।
- सडक सुधारका लागि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिनेछ, नागढुंगा मुग्लिङ सडक योजनाले जनाएको छ।
- काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिनेछन्।
काठमाडौँ । नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले बुधवार सूचनामार्फत जानकारी दिएको छ ।
नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने भएको योजनाको भनाइ छ । साथै काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।
यसैगरी बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ । यसअघि यो खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्वपीडित महिलाहरूको सङ्गठनद्वारा सत्य निरूपण आयोगको प्रक्रिया अस्वीकार
-
वाइसीएल बागमती प्रदेश अध्यक्षमा नरेश रञ्जित निर्वाचित
-
विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल सुरु, निजी विद्यालय र ईसीडीबारे सांसदहरू गम्भीर
-
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रलाई एकल अग्रता
-
प्रहरीको नाममा सर्वसाधारणलाई झुक्याउने युवक भक्तपुरबाट पक्राउ
-
राजधानीबाट १६८ थान अवैध मोबाइलसहित दुई जना समातिए