विपद्लाई प्रमुख प्राथमिकतामा राखेर व्यवस्थापनका लागि तयार रहन मुख्यमन्त्री कार्कीको आग्रह
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मनसुनजन्य बाढी, पहिरो र चट्याङ तथा भुकम्प र आगलागी जस्ता विपद्लाई प्रमुख प्राथमिकतामा राखेर विपद् व्यवस्थापनका लागि तयार रहन सुरक्षा निकायहरुलाई आग्रह गरेका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरीले आयोजना गरेको दुई दिने विपद् व्यवस्थापन एकिकृत अभ्यास हातेमालो ७ को समापन गर्दै मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय र सहकार्य गरेर विपद्का चुनौतीहरुलाई व्यवस्थापन गर्न सकिने बताए ।
उनले जलवायु परिवर्तनका कारण विपद्का जोखिमका चुनौतीहरु थपिदै गएकाले विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न तथा सचेतना र क्षमता अभिवृद्धिमा जोड दिन आग्रह गरे ।
समापन कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुई दिने विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरे ।
उक्त तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान, रेडक्रस, एनसिसी र नेपाल स्काउटका १ सय ५० जना सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण