धितोपत्र बोर्डले गर्यो दुई ऋणपत्र, दुई हकप्रद सेयर स्वीकृत
सारांश
- नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड, ऋणपत्र र हकप्रद सेयर निष्कासनको लागि स्वीकृति दिएको छ।
- ग्लोबल आईएमई समुन्नत योजना-२, नेपाल एसबीआई बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासनको स्वीकृति दिइएको छ।
- बरुण हाइड्रोपावर र नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका छन्।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड, ऋणपत्र र हकप्रद सेयर निष्कासनका लागि स्वीकृती दिएको छ । बुधबार बोर्डले एक सूचना जारी गर्दै यस्तो बताएको हो । बोर्डले एउटा म्युचुअल फन्ड, दुई ऋणपत्र र दुई हकप्रद सेयर निष्कासनका लागि स्वीकृती दिएको जनाएको छ । बोर्डले म्युचुअल फन्डतर्फ ग्लोबल आईएमई समुन्नत योजना–२ ले स्वीकृती पाएको छ ।
कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको बन्दमुखी योजना जारी हुन बोर्डले ग्लोबल आईएमई समुन्नत योजना–२ ले १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड जारी गर्ने स्वीकृती दिएको छ ।
नेपाल एसबीआई बैङ्क ऋणपत्र २०९० ले निष्कासनको स्वीकृती पाएको छ । ७ प्रतिशत ब्याजदर, १० वर्षे अवधिको यो ऋणपत्रको आकार ३ अर्ब रुपैयाँको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क र नेपाल एसबीआई बैङ्कले ऋणपत्र निष्कासनको स्वीकृती दिएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको डिवेन्चरलाई निष्कासनका लागि स्वीकृती दिइएको छ । ८ प्रतिशत ब्याजदर, १० वर्षे अवधिको यो ऋणपत्रको आकार १ अर्ब रुपैयाँको छ ।
दुई कम्पनी बरुण हाइड्रोपावर र नेपाल इन्स्योरेन्सले हकप्रद निष्कासनको स्वीकृती पाएका छन् । बरुणले १ बराबर १ र नेपाल इन्स्योरेन्सले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृती पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण