रविलाई रिहा गर्न माग गर्दै दर्ता भएको प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छिन्।
- न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बिहीबार सुनुवाइ हुने भएको छ, जसमा बहस हुने तय भएको छ।
- निकिताले प्रधानमन्त्री कार्यालय, रुपन्देही जिल्ला अदालत लगायतलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेगरी पेसी तोकिएको हो । सोही इजलासमा मंगलबार मुद्दा हेर्दाहेर्दैमा रहेकामा बुधबार भने संवैधानिक इजालस भएकाले मुद्दाको सुनुवाइ भएको थिएन ।
वैशाख ७ मा निकिताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ ।
सोही इजलासमा लगाब राखिएका रवि लामिछाने र छबिलाल जोशीले दायर गरेको मुद्दाको पनि पेसी तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण