बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

रविलाई रिहा गर्न माग गर्दै दर्ता भएको प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ

बिहीबार, ०८ जेठ २०८२, ११ : २६
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छिन्।
  • न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बिहीबार सुनुवाइ हुने भएको छ, जसमा बहस हुने तय भएको छ।
  • निकिताले प्रधानमन्त्री कार्यालय, रुपन्देही जिल्ला अदालत लगायतलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ ।  

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेगरी पेसी तोकिएको हो । सोही इजलासमा मंगलबार मुद्दा हेर्दाहेर्दैमा रहेकामा बुधबार भने संवैधानिक इजालस भएकाले मुद्दाको सुनुवाइ भएको थिएन । 

वैशाख ७ मा निकिताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही  र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।  

आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ ।

सोही इजलासमा लगाब राखिएका रवि लामिछाने र छबिलाल जोशीले दायर गरेको मुद्दाको पनि पेसी तोकिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप