शक्तिशाली भूकम्पपछि ग्रिसमा सुनामीको चेतावनी
सारांश
- ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ, जसका कारण सुनामीको चेतावनी जारी गरिएको छ।
- भूकम्पको केन्द्रबिन्दु जमिनमुनि ७७ किलोमिटर गहिराइमा थियो र सुनामी आउन सक्ने खतरा कायमै छ।
काठमाडौँ । ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । जेएफजेका अनुसार भुँइचालोको केन्द्रबिन्दु जमिनबाट ७७ किमि मुनि थियो ।
सुनामीको खतरा कायमै रहेको बताइएको छ । भूकम्प र तटीय रेखाबिचको दूरीको आधारमा सय किमिदेखि हजार किमिभन्दा बढीको क्षेत्रसम्म पनि सुनामी आउन सक्ने बताइएको छ ।
भूकम्पको तीव्रताबारे फरक फरक कुरा आइरहेका छन् । ग्रिसको इन्स्टिच्युट अफ जियोडाइनामिक्सले भूकम्पको ६ दशमलव १ तीव्रताको भएको बताएको छ । उता ईएसएमसीले भने यो ६ दशमलव ३ तीव्रताको थियो भनेर भनेको छ ।
हालैका दिनहरूमा ग्रिसमा शक्तिशाली भूकम्प गइरहेका छन् । मे ३ मा पनि आसोस टापु नजिक ६ दशमलव १ तीव्रताको भुँइचालो गएको थियो । ग्रिस कयौँ फल्ट लाइनमाथि रहेको छ । त्यसैले यहाँ भुँइचालो गइरहन्छ ।
जनवरी २६ देखि फेब्रुअरी १३ को बिचमा मात्रै ग्रिसको साइक्लेड्स टापु समूहमा मात्रै १८ हजार ४०० वटा भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण