बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

शक्तिशाली भूकम्पपछि ग्रिसमा सुनामीको चेतावनी

बिहीबार, ०८ जेठ २०८२, ११ : ३२
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ, जसका कारण सुनामीको चेतावनी जारी गरिएको छ।
  • भूकम्पको केन्द्रबिन्दु जमिनमुनि ७७ किलोमिटर गहिराइमा थियो र सुनामी आउन सक्ने खतरा कायमै छ।

काठमाडौँ । ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । जेएफजेका अनुसार भुँइचालोको केन्द्रबिन्दु जमिनबाट ७७ किमि मुनि थियो ।

सुनामीको खतरा कायमै रहेको बताइएको छ । भूकम्प र तटीय रेखाबिचको दूरीको आधारमा सय किमिदेखि हजार किमिभन्दा बढीको क्षेत्रसम्म पनि सुनामी  आउन सक्ने बताइएको छ । 

भूकम्पको तीव्रताबारे फरक फरक कुरा आइरहेका छन् । ग्रिसको इन्स्टिच्युट अफ जियोडाइनामिक्सले भूकम्पको ६ दशमलव १ तीव्रताको भएको बताएको छ । उता ईएसएमसीले भने यो ६ दशमलव ३ तीव्रताको थियो भनेर भनेको छ ।

हालैका दिनहरूमा ग्रिसमा शक्तिशाली भूकम्प गइरहेका छन् । मे ३ मा पनि आसोस टापु नजिक ६ दशमलव १ तीव्रताको भुँइचालो गएको थियो । ग्रिस कयौँ फल्ट लाइनमाथि रहेको छ । त्यसैले यहाँ भुँइचालो गइरहन्छ ।

जनवरी २६ देखि फेब्रुअरी १३ को बिचमा मात्रै ग्रिसको साइक्लेड्स टापु समूहमा मात्रै १८ हजार ४०० वटा भूकम्प गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप