वितरणमुखी भन्दा विकासमैत्री बजेट बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
सारांश
- वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नीतिगत अस्थिरता अन्त्य गर्नुपर्ने बताए, जसले उद्योग व्यवसायको विस्तारमा बाधा पुर्याएको छ।
- उनले राजनीतिक अस्थिरतासँगै नीतिगत अस्थिरता रहेको र यसलाई प्राथमिकता दिनुपर्ने बताए, निजी क्षेत्रको मनोबल घटेको उल्लेख गरे।
- आगामी बजेटले निजी क्षेत्रलाई सम्मानित वातावरण बनाउनुपर्ने र लगानी दशकको रूपमा घोषणा गर्नुपर्ने उनको भनाइ छ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योग व्यवसायको विस्तरमा प्रमुख बाधकको रूपमा रहेको नीतिगत अस्थिरता अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयको विषयमा भएको छलफल यस्तो बताएका हुन्।
उनले राजनीतिक अस्थिरतासँगै देशमा नीतिगत अस्थिरता भएको भन्दै अब नीतिगत स्थिरतालाई प्राथमिकता दिनुपर्ने बताए। उनले धेरै मुलुकले राजनीतिक अस्थिरता हुँदा पनि नीतिगत स्थिरता कायम गरेको बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण आगामी बजेटले गर्नुपर्ने बताए । उनले नेपालको आर्थिक विकासको बाधकको रूपमा मुख्य नीतिगत अस्थिरता रहेको भन्दै बारम्बार सरकार परिवर्तन भइरहने कारणले गर्दा नीतिहरू पनि परिवर्तन भइरहेको जसले गर्दा लगानीकर्ताहरूमा अन्योल छाएको बताए।
उनले भने- ‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत रहेको तर, नीतिगत अस्थिरताका कारण निजी क्षेत्रको मनोबल घटेको छ ।’ उनले आगामी दशकलाई लगानी दशकको रूपमा घोषणा गर्नुपर्ने बताए
सार्वजनिक सेवा सुधार सम्बन्धी धेरै कानुनहरू नेपाल संशोधन ऐनले हालै परिमार्जित गरेको बन्दै भूमि, वन, वातावरण, सार्वजनिक खरिद, खनिज र जलविद्युत लगायतका कानुनहरूमा सुधार गर्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण