‘लाङटाङ ट्रेल रन’ जेठ २४ गते हुने
काठमाडौँ । रसुवा–नुवाकोट पर्यटन समाजले ‘लाङटाङ ट्रेल रन’ आयोजना गर्ने भएको छ । ‘लाङ्टाङ ट्रेल रन’ जेठ २४ गते आयोजना हुने समाजले जनाएको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो ट्रेल रन आयोजना गर्न लागिएको हो । नेपाल पर्यटन बोर्ड र बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा ट्रेल रन आयोजना गर्न लागिएको समाजले जनाएको छ । ट्रेल रन आयोजनामा रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले पनि सहकार्य गरेको बताइएको छ ।
‘हिमालै हिमालको बिचमा रहेको क्याङ्जिन भ्यालीबाट लाङ्टाङ ट्रेल रन शुभारम्भ हुनेछ । तीन हजार आठ सय ४० मिटर उचाइमा रहेको क्याङ्जिन गुम्बाबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटर दूरीको दौड आयोजना गरिने छ,’ समाजका अध्यक्ष बलराम न्यौपानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।
लाङटाङ ट्रेल रनमा स्वदेशी र विदेशी गरी एक सयजना धावकको सहभागिता रहने जानकारी पनि उनले दिए । ट्रेल रन आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारीसमेत उनले दिए ।
लाङ्टाङ ट्रेल रनमा विजयी हुने महिला र पुरुष धावकका लागि नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चौथो हुनेले २५ हजार र पाँचौँ हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न गगनराज न्यौपाने, दिनेश तामाङ र उर्जा तामाङलगायतका सदस्य रहेको प्राविधिक समूह बनाइएको पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण