आगामी आर्थिक वर्षको बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय

समाचार सारांश
- अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा विभिन्न सल्लाह र सुझावहरू सङ्कलन गर्दैछ।
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा मन्त्रालयले सरोकारवालाहरूसँग परामर्श गरेको छ।
- बजेटमा अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र निर्माण, र पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ।
काठमाडौँ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टिम बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरेको थियो ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गर्नु भएको थियो ।
अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो । त्यसैगरी पूर्व अर्थ सचिवहरू, अर्थ विद्हरू, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयगत संघसंस्थाहरुसँग छलफल गरेको थियो । विकास साझेदारहरुसँग पनि छलफल भएको थियो ।
बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू, नागरिकहरूले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताबारे संसद्मा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्राथमिकतामा राखिएको छ ।
जेठ १४ गते संसद्मा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आवासीय क्षेत्रमा प्लेन खस्यो, १० वटा घरमा क्षति
-
द्वन्द्वपीडितको कार्यक्रममा लफडा, बिचबाटै किन बाहिरिए पूर्व प्रधानमन्त्री भट्टराई ? (भिडिओ)
-
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश
-
छविलाल जोशीका वकिलहरूले भने, ‘उहाँलाई फसाइयो’
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू
-
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो