बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

प्रिमियर लिग टिम अफ द सिजनः लिभरपुलका पाँच जना अटाउँदा सिटीबाट कोही परेनन्

बिहीबार, ०८ जेठ २०८२, १७ : ४४
बिहीबार, ०८ जेठ २०८२

जारी इङ्ग्लिस प्रिमियर लिग सिजनको अन्त्यतिर आइपुगेको छ । अन्तिम चरणका खेलहरू आइतबार हुँदैछन् । यद्यपि उपाधि भने लिभरपुलले जितिसकेको छ । लामो समयदेखि प्रतिद्वन्द्वीहरूलाई पछि पारिरहेको लिभरपुलले कहिल्यै पछि पर्नु परेन । 

यता च्याम्पियन्स लिगको फाइनल खेल पनि बाँकी नै छ ।  

यस्तोमा चर्चित खेल पत्रिका गोलडटकमले ‘प्रिमियर लिग टिम अफ द सिजन’ बनाएको छ । जहाँ ११ जना खेलाडी समेटिएका छन् । यस्तोमा लिभरपुलका सबैभन्दा धेरै पाँच खेलाडी परेका छन् । तर आश्चर्यको कुरा,  यो सिजन खराब प्रदर्शन गरेको म्यानचेस्ट सिटीका भने एक जना खेलाडी पनि छनोटमा पर्न सकेनन् । 

यद्यपि, यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै आश्चर्यचकित बनाएका क्लबहरू, फुलहाम, ब्रेन्टफोर्ड र नटिङ्घम फरेस्टका खेलाडीहरूलाई पनि स्थान दिइएको छ । 

२०२४/२०२५ को टिम अफ द सिजनः

गोलकिपरः  माट्ज सेल्स – नटिङ्घम फरेस्ट

न्यूक्यासलमा असफल रहन पुगेका बेल्जियन गोलकिपर माट्ज सेल्सले नटिङ्घम फरेस्टमा आफूलाई पुनः प्रमाणित गरेका छन् । १३ क्लिन सिट राख्दै ७२।३९५ सेभ रेटसहित उनले क्लबलाई शीर्ष पाँचमा पुर्‍याउन ठूलो योगदान दिएका छन् ।

राइट(ब्याकस् ट्रेन्ट अलेक्ज्यान्डर अर्नोल्ड – लिभरपुल

६ वटा असिस्ट र तीन गोलसहित अलेक्ज्यान्डर अर्नोल्डले लिभरपुललाई उपाधि जिताउने यात्रामा महत्वपूर्ण भूमिका खेले । लेस्टर सिटीविरुद्ध अप्रिल अन्त्यमा उनले गरेको निर्णायक गोल विशेष सम्झनलायक रह्यो ।

सेन्टर ब्याकः गेब्रिएल मगाल्हाएस – आर्सनल

ब्राजिली डिफेन्डर गेब्रिएलको चोटले आर्सनलको उपाधि दौडमा ठूलो धक्का लाग्यो । बलमा सशक्त र सेट पिसमा खतरनाक गेब्रिएलको अनुपस्थितिले आर्सनलको रक्षा पंक्ति कमजोर रहन पुग्यो । 

सेन्टर–ब्याकः  भर्जिल भान डाइक – लिभरपुल

लिभरपुलका कप्तान भान डाइक अझै पनि प्रिमियर लिगको सर्वाधिक प्रभुत्व जमाउने डिफेन्डर हुन् । ह्याल्याण्डजस्ता स्ट्राइकरविरुद्ध उनको प्रदर्शन उल्लेखनीय रह्यो,  विशेषगरी वेस्ट ह्यामविरुद्धको अन्तिम मिनेटको निर्णायक गोलमा उनको शानदार प्रदर्शन रह्यो ।

लेफ्ट ब्याकः एन्टोनी रोबिन्सन – फुलहाम

१० असिस्टसहित रोबिन्सन शीर्ष सात असिस्ट गर्ने खेलाडीमध्ये एक बने । उनले मोहम्मद सालाहविरुद्ध उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरे ।

सेन्टर मिडफिल्डः  रायन ग्राभेनबर्च – लिभरपुल

मार्टिन जुबिमेन्दी नल्याउन सक्दाको निराशालाई लिभरपुलले ग्राभेनबर्चमार्फत सकारात्मक मोड दिएको थियो । डिफेन्सिभ मिडफिल्डको भूमिकामा उनले टोलीमा रहेकामध्ये सबैभन्दा धेरै बलमाथि कब्जा जमाएका थिए । र प्लेयर अफ द सिजनको दाबदार बनिराखे । नेदरल्याण्ड्सका यी अन्तर्राष्ट्रिय खेलाडीले यस वर्ष नयाँ भूमिकामा आफूलाई प्रमाणित गर्न सफल भए । 

सेन्टर मिडफिल्डस् एलेक्सिस म्याक एलिस्टर – लिभरपुल

अर्जेन्टिनी मिडफिल्डर म्याक एलिस्टर लिभरपुलको इन्जिन बनिरहे । खासगरी टोटनह्यामविरुद्ध ५–१ को जितमा गरेको गोल निकै चर्चित रह्यो । सिजनभर उनी चम्किरहे । 

अट्याकिङ मिडफिल्डः  कोल पाल्मर – चेल्सी

चार महिनाको गोल खडेरीपछि पनि पाल्मरले विपक्षीको रक्षालाई निरन्तर सताइरहे । ८७ अवसर सिर्जनासहित २३ गोलमा संलग्न रहेका उनी चेल्सी निर्धो हुँदा पनि उनको तारिफ भइरह्यो । 

राइट विङः मोहम्मद सालाह – लिभरपुल

२८ गोल र १८ असिस्टसहित प्रिमियर लिगकै उत्कृष्ट खेलाडी बनेका सालाहले लिभरपुलको उपाधि जिताउने अभियानमा केन्द्रीय भूमिका खेले । क्लबले उनलाई नयाँ सम्झौता पनि गरिसकेको छ ।

स्ट्राइकरः अलेक्जान्डर इसाक – न्युक्यासल

थिएरी हेनरीसँग तुलना हुन थालेका इसाकले २३ गोल गर्दै न्युक्यासललाई च्याम्पियन्स लिगको होडमा राखेका छन् । उनको स्पिड, ड्रिब्लिङ र फिनिसिङ प्रशंसायोग्य रह्यो ।

लेफ्ट विङः  ब्रायन म्बुएमो – ब्रेन्टफोर्ड

२५ गोलमा संलग्न रहँदै म्बुएमोले ब्रेन्टफोर्डलाई युरोपा लिगको नजिक पुर्‍याए । मूलतः दायाँ विङका खेलाडी भए पनि उनले बायाँबाट खेल्दै पनि उत्कृष्ट प्रभाव पार्न सके । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप