बाघको आक्रमणबाट मनहरीमा महिला घाइते
हेटौँडा । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार घाइते हुनेमा स्थानीय ४० वर्षीया फूलमाया चेपाङ रहेकी छन् ।
पालिकाको वडा नम्बर ९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी फुलमायालाई बिहीबार दिउँसो बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघको आक्रमणबाट उनको गर्दन र गालामा गम्भीर चोट लागेको छ । घाइते फुलमायाको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार फूलमायासहित चार जना महिलाहरू बिहीबार दिउँसो घाँस काट्न सामुदायिक वनमा गएका बेला बाघले आक्रमण गरेको थियो । घाँस काटिरहेका बेला उनलाई एक्कासि बाघले आक्रमण गरेको बताइएको छ । बाघले आक्रमण गरेपछि अन्य तीन जना महिलाले ठुलो आवाजमा कराएपछि बाघ डराएर जङ्गलतिर फर्किएको उनीहरूको भनाई छ ।
घटनापछि स्थानीय त्रसित बनेका छन् । सुरक्षा निकाय र स्थानीय वन उपभोक्ता समितिले वन क्षेत्रमा जाँदा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण