बैंकर्स सङ्घका पदाधिकारी र नवनियुक्त गभर्नरबिच भेटवार्ता

काठमाडौं । नेपाल बैंकर्स सङ्घका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार सङ्घका अध्यक्ष सन्तोष कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले पौडेलसँग भेटवार्ता गरेको हो ।
उक्त भेटवार्तामा समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । सो अवसरमा सङ्घका पदाधिकारीले बैङ्किङ क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैङ्कको सहयोगको अपेक्षा रहेको बताए ।
गभर्नर पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।
पौडेलले आगामी मौद्रिक नीति जारी गर्नुअघि बैंकर र सरोकारवालासँग पूर्व छलफल गरेर ल्याउने आश्वासन दिएका थिए । यस अगाडि नीतिअघि सुझाव मागे पनि पूर्व छलफल गर्ने चलन थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला