डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो
बिहीबार, ०८ जेठ २०८२, २० : २२

काठमाडौँ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरमाथि कोलोमोसो दलिएको छ । बिहीबार नेकपा (बहुमत) निकट सहायक संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति, अनियमितता गरेको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको हाे ।
यसअघि उक्त पार्टी निकट अखिल (क्रान्तिकारी) ले नक्कली प्रमाणपत्र बनाएर बेच्ने गरेको आरोपमा सिटिइभिटीका सहायक निर्देशक तथा हाल जनकपुरको पिपि स्मृति प्राविधिक शिक्षालयका प्राचार्य गोबिन्द पौडेललाई समेत कालोमोसो दलेको थियो ।