खोलाले बगाउँदा महिलाको मृत्यु
बिहीबार, ०८ जेठ २०८२, २२ : ३१
सारांश
- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ।
- मेहेलेस्थित फावाखोला तर्ने क्रममा लिङ्देनलाई खोलाले बगाएको थियो। शव घटनास्थलबाट १५० मिटर टाढा फेला परेको हो।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ । मेहेलेस्थित फावाखोला तर्ने क्रममा खोलाले बगाएर लिङ्देनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको शव बगेर बेपत्ता भएको ठाउँदेखि करिब १५० मिटर टाढा फेला परेको हो । खोलाले बगाएपछि सिदिङ्वा–६ का वडाध्यक्ष रत्नकुमार लिङ्देनले इलाका प्रहरी कार्यालय तेल्लोकमा खोजी गर्न खबर गरेका थिए । प्रहरी चौकी साब्लाखुको टोलीले लिङ्देनको शव फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण