जो रुटले पछि पारे ज्याक्स कालिसदेखि सचिन तेन्दुल्करसम्मलाई
काठमाडौँ । इङ्ल्यान्ड र जिम्बाबेबिचको टेस्ट क्रिकेट हाल नटिङ्घममा जारी छ । पहिलो दिनको खेल सकिँदासम्म इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा तीन विकेट गुमाएर चार सय ९८ रन बनाएको छ ।
इङ्ल्यान्ड भ्रमणका क्रममा जिम्बाबेको टोलीले आयोजक राष्ट्रसँग एकमात्र टेस्ट खेल्नेछ । इङ्ल्यान्ड र जिम्बाबेबिच २२ वर्षपछि टेस्ट क्रिकेट खेलिएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इङ्ल्यान्डका लागि तीन ब्याट्सम्यानले शतकीय पाली खेलिसकेका छन् । ज्याक क्रावलीले एक सय २४, बेन डकेटले एक सय ४० र ओली पोपले अविजित एक सय ६९ रन बनाए ।
इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान जो रुट भने ३४ रन बनाउँदै आउट भएका थिए । यो खेलमा जो रुटले एउटा कीर्तिमान पनि बनाए । उनी टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम खेल खेल्दै १३ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् ।
रुटले एक सय ५३ खेल खेल्दै १३ हजार रन पूरा गरेका हुन् । उनले दक्षिण अफ्रिकाका ज्याक्स कालिस, भारतका राहुल द्रविड, अस्ट्रेलियाका रिकी पोन्टिङ र भारतका सचिन तेन्दुल्करलगायतका प्रभावशाली क्रिकेटरलाई पछि पारेका हुन् ।
आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान ज्याक्स कालिसले एक सय ५९ खेलमा १३ हजार टेस्ट रन पूरा गरेका थिए । राहुल द्रविडले एक सय ६० खेलमा, रिकी पोन्टिङले एक सय ६२ खेलमा र सचिन तेन्दुल्करले एक सय ६३ खेलमा १३ हजार टेस्ट रन पूरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण