शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
बजेट तयारी

बजेट निर्माणको चटारो : अर्थ मन्त्रालय प्रवेशमा कडाइ गर्न थालियो

शुक्रबार, ०९ जेठ २०८२, १३ : ५४
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिँदै मन्त्रालय प्रवेशमा कडाइ गरेको छ।
  • बजेट निर्माणका लागि आवश्यक परामर्श र छलफल वैशाखमा सम्पन्न भइसकेको छ।
  • आर्थिक वर्ष २०८२/८३ को बजेट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते प्रस्तुत गर्नेछन्।

काठमाडौँ । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भन्नुभयो९बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।'

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।

यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप