रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
सारांश
- सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर गर्यो।
- रवि लामिछानेको रिहाइको अपेक्षासहित भैरहवामा जम्मा भएका रास्वपाका कार्यकर्ता निराश भए।
- सर्वोच्चको आदेशपछि कार्यकर्ताहरूले दुःख व्यक्त गरे, तर अदालतको निर्णय स्वीकार गरे।
बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेपछि दिउँसोदेखि भैरहवामा जम्मा भएका कार्यकर्ताहरू निराश हुँदै घर फर्केका छन् । जिल्ला कारागार भैरहवामा रहेका रवि रिहा हुने अपेक्षासहित ठुलो सङ्ख्यामा रास्वपाका कार्यकर्ताहरू भैरहवामा जम्मा भएका थिए।
तर सर्वोच्च अदालतका न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेस गरेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गरेको छ ।
यस्तो आदेश आएपछि भैरहवामा जम्मा भएका रास्वपाका कार्यकर्ताहरूले सर्वोच्चको आदेश स्वीकार गरे पनि आफूहरू दुःखी भएको प्रतिक्रिया दिएका छन् ।
अदालतले दिएको आदेश मान्नुको विकल्प नभएको भन्दै यस्तो आदेशले कार्यकर्ता तथा अन्य शुभचिन्तकलाई दुःखी बनाएको रास्वपाका लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले बताए ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा लामिछाने भैरहवामा कारागारमा थुनामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण