राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
सारांश
- अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले नेपालमा राजसंस्थाको पुनःस्थापनाको मागसहितका प्रदर्शनमा चासो व्यक्त गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।
- संघले राप्रपा नेतासहित राजावादी कार्यकर्ताको गिरफ्तारीप्रति आपत्ति जनाउँदै उनीहरूको विना शर्त रिहाइको माग गरेको छ।
- संघले नेपाल सरकारलाई बल प्रयोग र त्रास सिर्जना गर्ने कार्यबाट टाढा रहन सचेत गराउँदै लोकतन्त्र, मानवअधिकार र कानुनी शासनको पक्षमा समर्थन जनाएको छ।
काठमाडौँ । नेपालमा वर्तमान व्यवस्थाविरुद्ध राजसंस्थाको पुनःस्थापनाको मागसहित हुँदै आएका प्रदर्शनप्रति अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले चासो व्यक्त गरेको छ। संघले नेपाल सरकारलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।
संघले एक वक्तव्य जारी गर्दै प्रदर्शनका क्रममा राप्रपा नेतासहित दर्जनौँ राजावादी कार्यकर्ताको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ। ‘हामी शान्तिपूर्ण रूपमा राजनीतिक विचार व्यक्त गरेका नागरिकहरूको गैर कानुनी गिरफ्तारीको तत्काल र बिना सर्त रिहाइको माग गर्दछौँ’ वक्तव्यमा भनिएको छ।
संघले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण प्रदर्शनलाई आधारशिला मानेको उल्लेख गर्दै सबै नागरिकलाई राजनीतिक विचार अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्ने बताएको छ। साथै, नेपालमा संवैधानिक राजतन्त्र पुनः स्थापनाबारे संवाद गर्न सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई आग्रह गरेको छ।
‘कुनै पनि निर्णय लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्छ र नागरिकको धर्म वा विचारका आधारमा विभेद हुनुहुँदैन,’ संघले भनेको छ। संघले बल प्रयोग र त्रास सिर्जना गर्ने कुनै पनि कार्यबाट टाढा रहन नेपाल सरकारलाई सचेत गराएको छ। ‘जबसम्म प्रदर्शनकारीहरूले कानुनको सम्मान गर्छन् र हिंसा गर्दैनन्, तबसम्म उनीहरूले सुरक्षित वातावरणमा असन्तुष्टि व्यक्त गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ,’ संघको भनाइ छ।
अन्त्यमा, संघले नेपालमा लोकतन्त्र, मानवअधिकार र कानुनी शासनको पक्षमा दृढ समर्थन जनाउँदै सबै प्रकारका राजनीतिक हिंसाको निन्दा गरेको छ। संघले शान्तिपूर्ण र समावेशी समाधानमार्फत जनताको सरकारमा विश्वास पुनःस्थापना र स्थायित्वको कामना पनि गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शुक्रबार विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण