एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षको भेला गोदावरीमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
एमाले बागमती प्रदेश कमिटीले निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको हो । ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।
निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्र तहसम्म नै रणनीति बनाउने तयारी रहेको छ । बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईका अनुसार पार्टीको सङ्गठन विस्तारका लागि जनताका अपेक्षाहरू सङ्कलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो । भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुनेछन् । भेला सोमबार सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते
-
प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्बन्धी सम्झौता
-
बागमतीका मेयर–उपमेयर विरुद्धको मुद्दा हेर्न नमिल्नेमा
-
बैँकिङ प्रणालीबाट राष्ट्र बैँकले ३० अर्ब निक्षेप उठाउँदै
-
अठारौँ गणतन्त्र दिवस : राष्ट्रिय समाचार समितिमा हिमालका तस्बिर प्रदर्शनी
-
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु