आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि

आइतबार, ११ जेठ २०८२, १० : ४५
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ, प्रदेश प्रमुखले बैठक आह्वान गरे।
  • पहिलो बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन्, सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ।
  • असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज २ बजेका लागि पहिलो बैठक आह्वान गरेका छन् । 

संसद् सचिवालयका अनुसार पहिलो दिनको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् । यही अधिवेशनमा सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । 

सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने र १९ गते नीति तथा कार्यक्रम संसदमा टेबुल गर्ने बताइएको छ । संविधान अनुसार प्रत्येक असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप