अदालत
रवि लामिछानेको मुद्दामा ‘आदेश’ को ठाउँमा फैसला लेखिएपछि संशोधन गरिँदै
आइतबार, ११ जेठ २०८२, १३ : ४६
_c2bi60uxuc_1zcia5r1tu_dGiuPjSYqs.jpg)
समाचार सारांश
- सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेश सच्याउने भएको छ।
- अदालतले आदेशको सट्टा फैसला लेखेको त्रुटि सच्याउन लामिछानेको निवेदनपछि आज पेसी तोकिएको हो।
- न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्चको आदेश सदर गरेको थियो, जसमा आजै सच्याइने भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले त्रुटि गरेपछि आज सच्याइने भएको छ । शुक्रबार सर्वोच्चले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो ।
आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको हो ।
न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्चको आदेश सदर गरेकोमा आज सोही इजलासमा पेसी तोकिएर आदेश सच्चाउन पेसी तोकिएको सूचना अधिकारी निराजन पाण्डेयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन
-
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
-
पैँयुको झ्याङबाट झ्याउँकिरी सङ्गीत, प्रेमको पर्खाइमा सहादत
-
तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम
-
सोमबार बिहान माओवादी पदाधिकारी बैठक बस्ने
-
लालु यादवले छोरालाई किन निकाले पार्टीबाट ?