अदालत
रवि लामिछानेको मुद्दामा ‘आदेश’ को ठाउँमा फैसला लेखिएपछि संशोधन गरिँदै
आइतबार, ११ जेठ २०८२, १३ : ४६
१
सारांश
- सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेश सच्याउने भएको छ।
- अदालतले आदेशको सट्टा फैसला लेखेको त्रुटि सच्याउन लामिछानेको निवेदनपछि आज पेसी तोकिएको हो।
- न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्चको आदेश सदर गरेको थियो, जसमा आजै सच्याइने भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले त्रुटि गरेपछि आज सच्याइने भएको छ । शुक्रबार सर्वोच्चले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो ।
आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको हो ।
न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्चको आदेश सदर गरेकोमा आज सोही इजलासमा पेसी तोकिएर आदेश सच्चाउन पेसी तोकिएको सूचना अधिकारी निराजन पाण्डेयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण