सर्वाेच्च अदालत
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो
आइतबार, ११ जेठ २०८२, १५ : १४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।
शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो ।
आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको थियो ।
आदेशको शिर खण्ड 'क' चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन
-
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
-
पैँयुको झ्याङबाट झ्याउँकिरी सङ्गीत, प्रेमको पर्खाइमा सहादत
-
तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम
-
सोमबार बिहान माओवादी पदाधिकारी बैठक बस्ने