शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूका विषयमा झुक्याउन नहुने बताएका छन् । आइतबार शिक्षा समिति बैठकमा बोल्दै पौडेलले शिक्षकहरूसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताए ।
शिक्षकहरूसँग सहमति गर्ने तर, विधेयकमा अर्को विषय आएको भन्दै पौडेलले हुनै नसक्ने कुरा राखेर शिक्षकहरूलाई झुक्याउन नहुने बताएका उनको भनाइ छ ।शिक्षकहरूको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउने जस्तै भएको जानकारी दिँदै शिक्षकहरूको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएको भन्दै त्यो सच्याउनुपर्नेमा उनले जोड दिए ।
'चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको छ । यसरी बढुवा हुने सम्भव नै हुँदैन । हुनै नसक्ने कुरालाई राखेर बुद्धिजीवीहरूलाई झुक्याउने कुरा होइन,’ पौडेलले भने ।
निजी विद्यालयको हकमा निश्चित समय राखेर संविधान अनुसार शैक्षिक गुठीमा लैजानुपर्ने बताए । संविधानले नै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको भन्दै त्यही अनुसार निजीलाई निश्चित समय दिएर अघि बढ्न सकिने उनले बताए ।
कार्यकारी र विधायिकी बसेर शिक्षक महासङ्घसँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेस गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण