शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूका विषयमा झुक्याउन नहुने बताएका छन् । आइतबार शिक्षा समिति बैठकमा बोल्दै पौडेलले शिक्षकहरूसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताए ।
शिक्षकहरूसँग सहमति गर्ने तर, विधेयकमा अर्को विषय आएको भन्दै पौडेलले हुनै नसक्ने कुरा राखेर शिक्षकहरूलाई झुक्याउन नहुने बताएका उनको भनाइ छ ।शिक्षकहरूको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउने जस्तै भएको जानकारी दिँदै शिक्षकहरूको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएको भन्दै त्यो सच्याउनुपर्नेमा उनले जोड दिए ।
'चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको छ । यसरी बढुवा हुने सम्भव नै हुँदैन । हुनै नसक्ने कुरालाई राखेर बुद्धिजीवीहरूलाई झुक्याउने कुरा होइन,’ पौडेलले भने ।
निजी विद्यालयको हकमा निश्चित समय राखेर संविधान अनुसार शैक्षिक गुठीमा लैजानुपर्ने बताए । संविधानले नै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको भन्दै त्यही अनुसार निजीलाई निश्चित समय दिएर अघि बढ्न सकिने उनले बताए ।
कार्यकारी र विधायिकी बसेर शिक्षक महासङ्घसँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेस गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै
-
दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन
-
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
-
पैँयुको झ्याङबाट झ्याउँकिरी सङ्गीत, प्रेमको पर्खाइमा सहादत
-
तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम