भिजिट भिसामा गृहमन्त्री संलग्नताबारे एमाले : आरोपले मात्र सबै कुरा निर्धारण गर्दैन
आइतबार, ११ जेठ २०८२, १७ : २९
सारांश
- एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे अनुसन्धान गर्ने निकायले नै हेर्ने बताएको छ।
- सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले गृहमन्त्रीमाथि लागेको आरोपले मात्रै सबै कुराको निर्धारण नगर्ने बताए।
- एमालेले गृहमन्त्रीलाई राजीनामा दिन लगाउनुपर्ने विषयमा भने कुनै प्रतिक्रिया दिएन।
काठमाडौँ । नेकपा एमालेले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको संलग्नताबारे अभियोजन र अनुसन्धान गर्ने निकायहरूले नै गर्ने बताएको छ । आइतबार बसेको सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले गृहमन्त्रीमाथि लागेको आरोपले मात्र सबै कुराको निर्धारण नगर्ने बताए ।
‘अनुसन्धान र अभियोजन गर्ने निकायहरू छन् । राजनीतिक दलहरू नै सुशासनको पैरवी गर्छन्’, गृहमन्त्रीलाई राजीनामा दिन लगाउनुहुन्छ भन्ने प्रश्नमा पोखरेलले भने- ‘आरोप मात्रैले सबै कुराको निर्धारण गर्दैन । के भएको छ भन्ने कुरामा सम्बन्धित निकायको ध्यान पुगेकै होला नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण