भिजिट भिसामा गृहमन्त्री संलग्नताबारे एमाले : आरोपले मात्र सबै कुरा निर्धारण गर्दैन
आइतबार, ११ जेठ २०८२, १७ : २९

समाचार सारांश
- एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे अनुसन्धान गर्ने निकायले नै हेर्ने बताएको छ।
- सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले गृहमन्त्रीमाथि लागेको आरोपले मात्रै सबै कुराको निर्धारण नगर्ने बताए।
- एमालेले गृहमन्त्रीलाई राजीनामा दिन लगाउनुपर्ने विषयमा भने कुनै प्रतिक्रिया दिएन।
काठमाडौँ । नेकपा एमालेले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको संलग्नताबारे अभियोजन र अनुसन्धान गर्ने निकायहरूले नै गर्ने बताएको छ । आइतबार बसेको सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले गृहमन्त्रीमाथि लागेको आरोपले मात्र सबै कुराको निर्धारण नगर्ने बताए ।
‘अनुसन्धान र अभियोजन गर्ने निकायहरू छन् । राजनीतिक दलहरू नै सुशासनको पैरवी गर्छन्’, गृहमन्त्रीलाई राजीनामा दिन लगाउनुहुन्छ भन्ने प्रश्नमा पोखरेलले भने- ‘आरोप मात्रैले सबै कुराको निर्धारण गर्दैन । के भएको छ भन्ने कुरामा सम्बन्धित निकायको ध्यान पुगेकै होला नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूध अभावले ‘चितवन मिल्क’ बन्द
-
पूर्वराष्ट्रपति भण्डारी चीनमा
-
नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइयो, अफवाहप्रति सजग रहनुस् : ऊर्जामन्त्री
-
नुवाकोटमा ‘शिवालय सिनेप्लेक्स’ पुनः सञ्चालनमा
-
गृहमन्त्रीको सचिवालयबाट पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा
-
१० बजे १० समाचार : तीनकुने घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला