युद्धपोत दुर्घटना प्रकरण : उत्तर कोरियामा चार जना पक्राउ
सोल । गत हप्ता युद्धपोत उद्घाटनका क्रममा दुर्घटना भएको घटनामा जिम्मेवार ठहर गर्दै उत्तर कोरियाले चार जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । देशका सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा गरिएको सो कार्यक्रममा योद्धपोत पल्टेर बन्दरगाहमा आधा डुबेको थियो ।
पक्राउ पर्ने चार जनामा पार्टीको केन्द्रीय समितिको हतियार उद्योग विभागका उपनिर्देशक रि ह्योङ सन पनि रहेका छन् । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार यो दुर्घटनामा मुख्य जिम्मेवार उनलाई बनाइएको छ ।
त्यस्तै, दुर्घटना भएको चोङजिन बन्दरगाहका मुख्य इन्जिनियर काङ जोङ चोल, निर्माण वर्कसपका प्रमुख हान क्योङ हाक र प्रशासनिक मामिलामा उप–प्रबन्ध किम योङ हाक छन् ।
किमले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ ठहर गर्दै यसमा जिम्मेवारलाई कारबाही गर्ने बताएका थिए । बुधबार भएको यस दुर्घटनामा ५ हजार टनको युद्धपोत समयभन्दा अघि नै पानीमा खसेर डुब्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण