लखनउविरुद्धको खेलअघि बेंगलुरुको टोलीसँग जोडिए ६ फिट ८ इन्च अग्ला यी बलर
सारांश
- रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) आईपीएलको प्ले-अफमा प्रवेश गरेको छ। बेंगलुरुले लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्ससँग खेल्नेछ।
- जिम्बाबेका बलर ब्लेसिङ मुजरबानी लुङ्गी एनगिडीको स्थानमा बेंगलुरुको टिममा सामेल भएका छन्। एनगिडी टेस्ट च्याम्पियनसिप खेल्न स्वदेश फर्किएका छन्।
- बेंगलुरुले अन्तिम खेल जितेर अंक तालिकामा माथिल्लो स्थान ओगट्ने लक्ष्य राखेको छ। विराट कोहली, फिल साल्ट र कप्तान रजत पाटिदारको ब्याटिङ राम्रो छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) प्ले–अफ चरणमा पुगिसकेको छ । बेंगलुरुले लिग चरणमा अझै एक खेल खेल्न बाँकी छ । बेंगलुरुले आफ्नो अन्तिम खेल मंगलबार लखनउ सुपर जायन्ट्ससँग खेल्नेछ ।
लिग चरणको अन्तिम खेलअघि जिम्बाबेका चर्चित बलर ब्लेसिङ मुजरबानी बेंगलुरुको टोलीसँग जोडिएका छन् । ६ फिट आठ इन्च अग्ला २८ वर्षीय मुजरबानी जिम्बाबेका प्रभावशाली दायाँ हाते तीव्र गतिका बलर हुन् ।
ब्लेसिङ मुजरबानीलाई लुङ्गी एनगिडीको स्थानमा टोलीमा समावेश गरिएको हो । एनगिडी दक्षिण अफ्रिकी टोलीबाट टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न स्वदेश फर्किएका छन् । दक्षिण अफ्रिकाले अस्ट्रेलियासँग टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ ।
यसअघि नै प्ले–अफ चरणमा पुगेको बेंगलुरु अन्तिम खेलमा लखनउलाई हराएर अंक तालिकामा माथिल्लो दुईभित्र पर्दै अगाडि बढ्ने धुनमा छ । बेंगलुरुले आफ्नो एक्स अकाउन्टमा एक भिडियो शेयर गर्दै ब्लेसिङ मुजरबानी टोलीमा जोडिएको जानकारी दिएको हो ।
उनले जिम्बाबेका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले खासगरी टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ७० टी–२० अन्तर्राष्ट्रियमा ७८ विकेट लिइसकेका छन् ।
जारी सिजनको आईपीएलमा बेंगलुरुले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । खासगरी विराट कोहली, फिल साल्ट र कप्तान रजत पाटिदारले ब्याटिङमा गतिलो प्रदर्शन गरेका छन् । बलिङमा पनि जस हेजलउड र भुवनेश्वर कुमारको प्रदर्शन उत्कृष्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालासँगको छलफल
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
-
सचिव बैठकका २२ निर्णय : सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण