सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छुटेका मेयर नेपाली इमेज सहकारीको मुद्दामा कारागार चलान

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ ।
सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेजका संस्थापक अध्यक्ष नेपालीलाई थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
उनी इमेजकै सहकारी ठगी प्रकरणमै बागलुङ जिल्ला अदालतको यसअघिको आदेशले बागलुङ कारागारमै थिए । गत १५ असोजमा बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा पठाउने आदेश दिएको थियो ।
बागलुङ र कास्कीमा उनीविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको थियो । कास्कीमा उनीसहित १५ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ५७ करोड ३५ लाख ८४ हजार ९४७ माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको हो ।
नेपाली बागलुङ कारागारमै रहेकाले उनलाई गत साता पनि सूर्यदर्शन सहकारीको मुद्दामा प्रहरी रोहवरमा बागलुङ–पोखरा आउजाउ गराइएको थियो ।
गत ८ जेठमा पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या