अदालत
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश
बिहीबार, ०८ जेठ २०८२, २० : ५७

समाचार सारांश
- कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको छ।
- मेयर नेपालीले धरौटी नबुझाएपछि उनलाई नियमानुसार थुनामा राख्न अदालतले पत्र पठाएको छ र उनी हाल बागलुङ कारागारमा छन्।
- इमेज सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा रहेका मेयरलाई आइतबार अदालतमा उपस्थित गराउन पत्र पठाइएको छ।
पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् ।
धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।
सोही आदेशअनुसार कारागार पठाइएको हो । उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु