भिजिट भिसा प्रकरणमा पहिला प्रश्न उठाउन नपाए सदन चल्न नदिने रणनीतिमा रास्वपा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाउने अडान लिएको छ।
- रास्वपाको संसदीय दलको बैठकले गृहमन्त्रीले सफाइ दिनुअघि प्रश्न सोध्न पाउनुपर्ने र कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।
- प्रवक्ता मनिष झाले गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लागेको र उन्मुक्ति दिन नहुने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले संसद्मा सफाइ दिनुअघि आफूले प्रश्न सोध्न पाउनुपर्ने अडानका साथ संसद्मा कडा रूपले प्रस्तुत हुने निर्णय गरेको छ ।
सोमबार रास्वपाको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले अडानसहित कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको हो । भिजिट भिसामा गृहमन्त्री लेखक समेत प्रश्नको घेरामा रहेकाले घरबाट प्रश्नको उत्तर बनाएर सदनमा वाचन गर्दैमा गृहमन्त्रीले उन्मुक्ति नपाउने कार्यवाहक प्रवक्ता मनिष झाले रातोपाटीलाई बताए ।
'भिजिट भिसा प्रकरणमा गृहमन्त्री नै संलग्न भएको खबर बाहिरिएको छ । यसमा उहाँले सदनमा सफाइ दिनुअघि हामीले प्रश्न सोध्न पाउनुपर्छ । भोलिको परिस्थिति हेरेर निर्णय लिने विषय भएकोले अहिले नै योजना बनाउने कुरा हुँदैन । संसद्मा दुई तिहाइको दम्ब चल्दैन । सत्तापक्षको रवाफ हेरेर कडा रूपमा प्रस्तुत हुन्छौँ । पार्टीको हिजो बसेको केन्द्रीय समितिको निर्देशन अनुसार सदनमा प्रभावकारी रूपमा प्रस्तुत हुने दलले निर्णय गरेको छु,' झाले भने ।
सदन चल्नुअघि आफूहरूले प्रश्न उठाउन नपाए संसद् चल्न नसक्ने उनले स्पष्ट पारे । साथै अन्य विपक्ष दलहरूको पनि भिजिट भिसा प्रकरणमा एक ठाउँमा आउने झाले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण