आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमिताभलाई आम आदमी पार्टीका नेताले किन पठाए ३२ रुपैयाँ ?

बिहीबार, २९ असार २०७४, ११ : १०
बिहीबार, २९ असार २०७४

बीबीसी

भारतीय कवि तथा अमिताभ बच्चनका पिता हरिवंश राय बच्चनको कविता पाठ गरेकोमा अभिनेता बच्चनको कानूनी नोटिसको जवाफ आम आदमी पार्टी नेता कुमार विश्वासले ट्वीटरमा दिएका छन् ।

बुधबार बेलुका कुमार विश्वासले ट्वीटरमा लेखे, ‘थुप्रै कविको कविता पाठ गरिए । सधैं उनीहरुको परिवारबाट प्रशंसा पाइयो तर तपाईंको तर्फबाट कानूनी नोटिस प्राप्त भयो । ‘बाबू जी’ को सम्मानमा बनाइएको भिडियो डिलिट गरिरहेको छु । साथै त्यो ३२ रुपैयाँ पनि पठाइरहेको छु, जसको माग गरिएको छ । प्रणाम ।’

योभन्दा पहिले कुमार विश्वासले हरिवंश राय बच्चनको कविता भएको विवादिन भिडियो हटाएका थिए ।

कपिराइटको उल्लंघनः

अमिताभ बच्चनले आफ्ना पिता हरिवंश राय बच्चनको कविता पाठ गरेकोमा कवि कुमार विश्वासविरुद्ध कानूनी कारवाही गरेको जानकारी उनले ट्वीटरमार्फत दिएका थिए ।

आफ्नो फ्यान पेजमा पोष्ट गरिएको कुमार विश्वासको भिडियोको जवाफमा अमिताभले लेखेका थिए, ‘यस्तो प्रकारले कविता पाठ गर्नु कपिराइटको उल्लंघन हो । यसका विरुद्ध मेरो कानूनी समूहले कारवाही गर्नेछ ।’

कुमार विश्वासले केही समय अघि एक समारोहमा हरिवंश राय बच्चनको कविता ‘निड का निर्माण’ पढेका थिए जसका कारण अमिताभ रुष्ट थिए ।

सोसल मिडियामा यसबारे मिश्रित प्रतिक्रिया देखियो ।

‘हरिवंश राय त सबैका साझा हुन्’

दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले ट्वीट गरे, ‘हरिवंश राय बच्चन जी त पूरा देशका साझा हुन् ।’

उनीजस्तै अन्य मानिसहरुले हरिवंश राय बच्चन अमिताभका पिता हुनुका साथै एक कवि पनि भएकाले उनको कविता पाठ गर्दा अमिताभ रिसाउन नपर्ने बताए ।

साहित्य र भौतिक सम्पत्तिमा फरकः

केही मानिसहरुले अमिताभको यो निर्णयको आलोचना गरे । @ramachandracho1  ह्याण्डलले लेखे, ‘थोरै पैसाका लागि अमिताभ यसरी गिरेको देख्दा निकै अचम्म लागेको छ । साहित्य र भौतिक सम्पत्तिमा ठूलो भिन्नता भएको उनले बुझ्नुपर्छ ।’

@ChinmayLIVE ह्याण्डलले ट्वीट गरे, ‘जब एक कवि कुनै महाकवीको रचनालाई आफ्नो विनम्र श्रद्धाञ्जली दिन्छन् तब यो निकै सम्मानको कुरा हुन्छ । यसलाई धनराशीसँग जोडेर हेर्नुहुँदैन ।’

यस्तै केही मानिसले अभिताभ बच्चनलाई समर्थन गरेका छन् । हरिवंश राय बच्चनको लिखित साहित्यमा यदि अमिताभको कपिराइट रजिस्टर्ड छ भने त्यसको दाबी गर्न सक्ने भन्दै केही मानिसहरु उनको समर्थन पनि उत्रिएका छन् ।

Photo source: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप