भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौँः प्रचण्ड
सारांश
- प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अवस्था आउन सक्ने बताए।
- प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकतामा कुनै विवाद नरहेको र महेन्द्र राय यादव महाधिवेशनमा माओवादीमा आउने जानकारी दिए।
- प्रचण्डले बाबुराम भट्टराईले माओवादीको विरोध मात्रै गर्ने गरेको आरोप लगाए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभई सरकारसँगपनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन् ।
प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।
प्रचण्डले बाबुराम भट्टराईले धेरै तल उत्रेर आफूविरुद्ध अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नु मात्रै रहेको जिकिर गरे ।
उनले एकता प्रक्रियामा बाबुरामलाई आफूले छोडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र माक्र्सवाद छाडेर भागेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण