नागढुंगाबाट बसका सहचालक १२ किलो चाँदीका गहनासहित पक्राउ
मङ्गलबार, १३ जेठ २०८२, १२ : १५
सारांश
- नागढुंगा चेकप्वाइन्टमा प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ।
- वीरगन्जबाट आएको बसका सहचालक अनिश कुमार सिंहलाई १२ किलोभन्दा बढी चाँदीका गहना सहित पक्राउ गरियो।
- पक्राउ परेका सिंह बाराको कलैया उपमहानगरपालिकाका हुन् र गहनाको बिल फेला परेको छैन।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले मंगलबार जानकारी दिए ।
३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण