मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

बैँकिङ प्रणालीबाट एकै दिन ८० अर्ब तान्दै राष्ट्र बैँक

बुधबार, १४ जेठ २०८२, ११ : ४४
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ।
  • बैंक तथा वित्तीय संस्थाहरूले २१ दिनका लागि बोलकबोलमा भाग लिन सक्नेछन्।
  • बोलकबोलको समय आइतबार दिउँसो ३ बजे तोकिएको छ र ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधवार एकै दिन बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।

राष्ट्र बैँकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार ४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ । 

बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप