बैँकिङ प्रणालीबाट एकै दिन ८० अर्ब तान्दै राष्ट्र बैँक
सारांश
- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ।
- बैंक तथा वित्तीय संस्थाहरूले २१ दिनका लागि बोलकबोलमा भाग लिन सक्नेछन्।
- बोलकबोलको समय आइतबार दिउँसो ३ बजे तोकिएको छ र ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधवार एकै दिन बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।
राष्ट्र बैँकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार ४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण